Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

2019-07-26

Lumbini, Kapilbastu, Yashodhara, Ward 2

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाँउपालिका-२ भडेहराका १८ वर्षीय नसिर हुसेनविरूद्ध पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले साउन १० गते चकलेट र पैसाको प्रलोभन देखाएर बलात्कार गरेको र बालिका अर्धचेत अवस्थामा फेला परेपछि सोही दिन जिल्ला अस्पताल तौलिहवामा उपचार र स्वास्थ्य परीक्षण गरिएको थियो ।

उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार भएको चिकित्सकले जनाएका छन् । घटनापछि फरार रहेका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आरोपित पक्षले घटना गाउँमा मिलाउन दबाब दिँदै आएको पीडित पक्षले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी देबेन्द्र पाण्डेले बलात्कार मुद्दा गाँउमा मिलाउने कुराको कुनै औचित्य नरहने बताए । उनले घटनाको अनुसन्धान सुरु भएको र कानुन अनुसार कारवाही हुने बताए ।

नन्दराम पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments