Incident Reports

आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी l

2013-11-08

Nati Babu Dhital सिन्धुपाल्चोक । ०७० कात्तिक २२ गते, संविधानसभा सदस्य निर्वाचनलाई लक्षित गरेर एमाओवादीले सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित गरेको "हाम्रो हसियाँ हथौडा दैनिक" नाम गरेको मुखपत्रले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी प्रकाशित भएको भन्दै कात्तिक २१ गते पत्रिका विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । एमाओवादीले कात्तिक २१ गते प्रकाशित गरेको आफ्नो मुखपत्र कानुनी प्रक्रिया पुरा नगरी प्रकाशन गरेको तथा अन्य राजनीतिक दलहरूलाई गाली गलौज गर्ने उद्देश्य लिएकोले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएकोले उजुरी दर्ता भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सुरेश शर्माले बताए । उनका अनुसार पार्टी पार्टी बीच द्वन्द्व बढाउने यस्ता कार्य तत्काल रोक्न र निर्वाचनको मुखमा आएर प्रकाशित गरेको पार्टी मुखपत्रबन्द गर्न निर्देशन दिएको बताए । नातिबाबु धिताल

0 Comments

Related Reports
Related Trend Analysis