Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-07-29

Sudurpashchim, Kailali, Bardagoriya, Ward 3

महुन्याल गाउँपालिका-३ फलेबिसौना निवासी नेत्र विक्रम (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता ४३ वर्षीय यमबहादुर शाहलाई साउन १२ गते बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट प्रहरीले गिरफ्तार गरेको छ ।

चन्दा उठाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, बौनियाबाट गस्तिमा खटिएको प्रहरी टोलीले   शाहलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका शाहको थप अनुसन्धानका लागि साउन १३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा ल्याइएको र शाहविरूद्ध चन्दा असुली कसुरमा मुद्दा दर्ता गर्ने तयारी समेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।


मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments