Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-07-30

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट युवा सङ्गठनका जिल्ला कोषाध्यक्ष आठविसकोट नगरपालिका-९ का ३४ वर्षीय कुबेर ओलीलाई प्रहरीले साउन १३ गते गिरफ्तार गरेको छ ।

केही दिनदेखि उक्त पार्टीका कार्यकर्ताहरूले डोल्पा जिल्लाबाट रुकुम आउने जाने यार्सागुम्बा व्यापारी तथा स्थानीय व्यापारीहरूसँग अवैध रुपमा चन्दा तथा फिरौती रकम माग गरी शान्ति सुरक्षामा चूनौती दिएको भन्ने गोप्य सूचनाका आधारमा ओलीलाई आठविसकोट नगरपालिका-११ चौरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

ओलीलाई गिरफ्तार गरी सोधपुछ गर्दा प्रहरी टोलीमाथि समेत हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । गिरफ्तारीमा परेका ओलीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , National/Online Media , Local Newspaper - Dang

0 Comments