Incident Reports

डेटिङ’मै प्रेमी-प्रेमीकाको झगडा भएपछि प्रेमीकाको हत्याको प्रयास

2019-07-30

Madhes, Parsa, Birgunj, Ward 10

वीरगन्ज : वीरगन्जमा एक युवकले प्रेमीकाको हत्या प्रयास गरेका छन्।  वीरगन्ज महानगरपालिका-१० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर हत्याको प्रयास गरेका हुन्। 

छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। सुरुमा उनलाई नारायणी अस्पताल पुर्याइएको थियो। घाँटीमा गहिरो घाउँ देखेपछि चिकित्सकले चौधरीलाई मेडिकल कलेजतर्फ रिफर गरेका थिए। 

चौधरी विवाहित महिला हुन्। उनका एक छोरा छन्। उनका श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं छन्। चौधरी छोरासँगै वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी छन्। 

मंगलबार मध्यान्ह १२ बजेतिर रोशनले चौधरीलाई घुम्न वीरगन्ज- १५ मा अवस्थित भिस्वाडाँडामा बोलाएका थिए। त्यहा विवाद भएपछि रोशनले धारिलो छुराले मनुको  घाँटीमा प्रहार गरेका हुन्। 

‘उनीसँग मेरो प्रेम थियो, एक हप्ता पहिले हामी दुबै काठमाडौंमा चार दिनसँगै बसेका थियौँ’, उनले भनिन्, ‘आज घुम्न भिस्वाडाँडामा बोलाए। त्यही बेला अचानक घाँटीमा छुरा हाने।’ उनले छुरा हान्नुको कारण भने बताउन चाहिनन्। 

रोशनलाई प्रहरीले झाडीमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको छ। मनुले रोशन आफ्नो प्रेमी रहेको बताएकी छन्। उता रोशनले भने चौधरी आफ्नी कान्छी श्रीमती भएको बयान प्रहरीलाई दिएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। 

छिमेकीले भने रोशन अविवाहित रहेको बताएका छन्। प्रहरीले रोशनलाई हिराससतमा राखेर अनुसन्धान अगाडि बढाएको छ। 

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , Local Newspaper - Bara

0 Comments