Incident Reports

वडा कार्यालयमा आगजनी,अध्यक्षको घरमा ढुङ्गामुढा

2019-07-31

Madhes, Rautahat, Chandrapur, Ward 3

रौतहत - चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ।  आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात जलेर खरानी भएको वडा अध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिए। देवकोठाका अनुसार कार्यालयको ल्यापटप, डेक्सटप कम्पुटर, प्रीन्टर, इन्भर्टर जलेको छन। देवकोटाको घरमा समेत गए राति नै अज्ञात समूहले ढुंगामुढा गरेको छ। ढुंगामुढाबाट देवकोटाको घरको झ्यालका सिसा फुटेका छन्।

 सोही वडा कार्यालय क्षेउमा रहेको चौतारामा बम समेत राखिएको थियो। नेपाली सेनाले केही बेर अघि डिस्पोज गरेको वडा सदस्य गोबिन्द तिम्ल्सिनाले बताए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कवित कटवालले घटनाको विषयमा गहन रुपमा अनुसन्धान भैरहेको र आगजनी गर्नेको खोजिकार्य समेत भइरहेको डिएसपी कटवालले बताए।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आज बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। बन्दको पूर्व सन्ध्यामा विप्लव समूहले नै यो सबै गरेको हुनसक्ने प्रहरीको भनाइृ छ। घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी कटवालले बताए।

जिल्लामा बन्दको प्रभाव सामान्य परेको छ।  पुर्व पश्चिम राजमार्गमा फट्टफुट् सवारी साधन चलेका छन् भने  दक्षिणी भेगमा बन्दको असर परेको छैन।

राजमार्ग क्षेत्रको संवेदनशिल क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments