Incident Reports

बनेपा बजारमा बम बिस्फाेट

2019-07-30

काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ। बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै मंगलबार राति बम बिस्फोट भएको स्थानीयले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, 'बिस्फोट भएको जानकारी हामीले पाएका छौं। घटनास्थलमा प्रहरी पठाइएको छ। क्षतिको कुनै विवरण भने आएको छैन',।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments