Incident Reports

नेकपा-माओवादीका चार कार्यकर्ता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा l

2013-10-25

१ का उम्मेदवार सञ्चपाल मादेन सहितका पार्टी कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा मादेनले दिएको किटानी जाहेरीका आधारमा गिरफ्तार गरिएका चार जना कार्यकर्ता विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । उनीहरूलाई प्रहरीले कात्तिक १५ र १६ गते गिरफ्तार गरे पनि मादेनले कात्तिक ९ गते दिएको किटानी जाहेरीका आधारमा ९ गतेदेखिकै मिति लागू हुने गरी मुद्दा दर्ता गरिएको सई कृष्णप्रसाद सापकोटाले बताए । साब्लाखु गाविस-४ का २८ वर्षीय सकल उपनामले चिनिने खेमलाल पन्दाक, पेदाङ गाविस-५ का ३१ वर्षीय मौसम भन्ने विचिन्द्र मावो लिम्बू र हाङपाङ गाविस-८ का २१ वर्षीय दिपचन आङबुहाङ लिम्बूलाई कात्तिक १५ गते गरिफ्तार गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको सापकोटाले बताए । यसैगरी, फुङलिङ गाविस-२ का ४२ वर्षीय धुव्र भन्ने धनबहादुर मादेनलाई कात्तिक १६ गते घरबाटै गिरफ्तार गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको सई सापकोटाले बताए । पीडित उम्मेदवार मादेनले कात्तिक ९ गते प्रहरीमा आक्रमणमा संलग्न ३२ जनाको विरुद्ध किटानी जाहेरी दिएको सई सापकोटाले बताए । मादेन सहितका पार्टीका कार्यकर्तालाई कात्तिक ८ गते बिहान मेहेले गाविस-२ कमल भण्डारीको घरमा सुतिरहेको बेला विहान साढे तीन बजे नेकपा-माओवादीका जिल्ला इन्चार्ज सन्तोष पतंवा सुमनको नेतृत्वले आक्रमण गरी कुटपिट गर्दै नगद समेत लुटेर लगेको एमाओवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis