Incident Reports

११ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गर्ने दुई पक्राउ

2019-07-31

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिए । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi

0 Comments