Incident Reports

एमाओवादीको उम्मेवारको घरमा तोडफोड l

2013-11-07

Province 1, Sunsari, Itahari

Sukdev Chaudhary सुनसरी । ०७० कात्तिक २२ गते, इटहरी नपा-२ निवासी एमाओवादीका सुनसरी क्षेत्र नं ६ का प्रत्यक्ष तर्फका उम्मेदवार डम्बर सुवेदीको घरमा कात्तिक २१ गते तोडफोड भएको छ । रातिको समयमा आएको अज्ञात समूहले सुबेदीको घरमा ढुङ्गामुढा गरेको थियो । ढुङ्गामुढा प्रहारबाट सुवेदीको घरको दुई ओटा झ्यालको सिसा फुटेको प्रहरीले जनाएको छ । सुवेदी घरको छेउमा आमूल परीवर्तनकारी समूहको पर्चा भेटिएको थियो । पर्चामा सुवेदीले एमाओवादी जिल्ला इन्चार्ज रहेको अवस्थामा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । तोडफोडका संलग्नहरूको खोजी जारी रहेको र घटनाको विषयमा अनुसन्धन भई रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विद्यानन्द माझीले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis