Incident Reports

नवलपुरमा एनसेल टावरमा आगजनी

2019-07-31

Gandaki, Nawalparasi East, Kawasoti, Ward 10

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा गएराति आगजनी भएको छ। राति ११ बजे टावरमा एक समूहले आगजनी गरेको हो।

आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए। जुटको बोरामा मटितेल राखेर आगजनी गरिएको देखिएको छ।

आगजनीबाट टावरको तल्लो भागमा क्षति पुगेको छ। आगजनीपछि तत्कालन पुगेको प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटर दूरीमा छ।

आगजनी गर्ने समूहको पहिचान हुन नसके पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको आशंका प्रहरीको छ। घटनाबारे सोधपुछ गर्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न समूहको तीव्ररुपमा खोजी भइरहेको नायब उपरीक्षक रानाभाटले जानकारी दिए। पूर्वी जिल्लामा एनसेलका ३५ वटा टावर रहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments