Incident Reports

निर्वाचन कार्यालयद्वारा उम्मेदवारलाई स्पष्टिकरण l

2013-11-07

Madhes, Saptari, Shambhunath

३ का प्रत्यक्ष उम्मेदवार जयप्रकाश ठाकुरले आचारसहिंता विपरीत काम गरेको उजुरी परेपछि जिल्ला निर्वाचन कार्यालयले कात्तिक २१ गते स्पष्टिकरण सोधेको छ । सदरमुकाम राजविराज नपा-७ स्थित युनिक एजुकेशनल एकेडेमीमा जिल्लाको हरीहरपुर गाविसको इक्राही टोलका गरिब दलितहरूलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरी नगद तथा छठ पूजाको आवश्यक सामग्री वितरण गरेको भन्दै कात्तिक २० गते उजुरी परेको थियो । अनुगमन अधिकृत राकेशमणी उपाध्यायले उजुरीका आधारमा तत्कालै घटनास्थलको अनुगमन गर्दा शंकास्पद अवस्थामा गरिब, दलितहरूको भिड देखिएकोले स्पष्टिकरण सोधिएको बताए । गाविसहरू हरीहरपुर, कोचाबखारी, लौनिया, इटहरी विष्णुपुरका दलितहरूलाई आफ्नो पक्षमा मत हाल्नका लागि छठ पूजाको पूर्व सन्ध्यामा एकेडेमीको प्राङ्गणमा बोलाएर नगद र पूजा सामाग्री वितरण गरिएको उजुरी परेको थियो । उम्मेदवार ठाकुरले भने आरोप काल्पनिक र झुठो रहेको बताए । मनोहरकुमार पोखरेल

0 Comments