Incident Reports

कपिलवस्तुमा तत्कालीन नयाँ शक्तिका नेतामाथि गोली प्रहार

2019-08-01

Lumbini, Kapilbastu, Suddhodhan, Ward 3

बुटवल– कपिलवस्तुमा बिहीबार दिउँसो एक स्थानीय नेतामाथि  गोली प्रहार भएको छ ।शुद्धोधन गाउँपालिकाका  रामनयन यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।वडा नं. ५ देवपुर स्थायी घर भएका यादवमाथि जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो ।कपिलवस्तुका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक  दीप शम्शेर जवराले रातापाटीलाई  दिएको जानकारी अनुसार उनको हातमा गोली लागेको छ । घाइतेले दुई जनाले प्लपर मोटरसाईलमा आएर गोली प्रहार गरेको प्रहरीलाई बताएका छन् ।यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको देव्रे हातको कुहिनो गोली लागेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Banke , Local Newspaper - Parsa , Local Newspaper - Rupandehi

0 Comments

Related Reports