Incident Reports

पर्साका युवक बेपत्ता, अपहरणको आशंका

2019-07-29

Madhes, Parsa, Birgunj, Ward 6

सोमबार बिहान वीरगन्ज महानगरपालिका–६ इनर्वाका ३५ वर्षीय अरमान अली अपहरणमा परेको उनको परिवारजनले जनाएको छ। बिहान पाँच बजे गाउँकै मस्जिदमा नमाज पढेर घर फर्किएका अरमान त्यही दिन बिहानदेखि अपहरणमा परेको बताइन्छ। परिवारका अनुसार नमाज पढेर फर्किने बेलामा अरमानलाई फोन गरेर कसैले बोलाएको र उनी त्यसपछि घर फर्किएका छैनन्। मंगलबार बिहान आठ बजेतिर अरमानले आफ्नै मोबाइलबाट दिदीलाई फोन गरेर आफू अपहरणमा परेको र फिरौती रकम नदिए अपहरणकारीले मार्ने धम्की दिएको बताएको परिवारको भनाइ छ। परिवारका अनुसार त्यसपछि अरमानको मोबाइल लगातार स्विच अफ छ। फोन आएलगत्तै अरमानका परिवारले घटनाबारे प्रहरीलाई खबर गरेका छन्।

पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले दुईजना युवक सम्पर्कविहीन भएको सूचना प्रहरीलाई प्राप्त भएको र उनीहरुको तदारुकतासाथ खोजी सुरु गरिएको बताए। ‘अपहरण हो वा होइन भन्न सक्ने अवस्था अहिले छैन,’ प्रहरी नायब उपरीक्षक शर्माले भने, ‘अनुसन्धानको समयमा गलत सूचना प्रवाह भएमा त्यसले समेत असर पार्छ। त्यस कारणले अहिले केही नभनौं।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports