Incident Reports

संविधानसभा सदस्यका उम्मेदवारलाई मार्ने धम्की l

2013-11-08

Province 1, Khotang, Rupakot Majhuwagadhi

२ मा संविधानसभा सदस्यका उम्मेदवार ४२ वर्षीय ताराबहादुर खड्कालाई अज्ञात समूहले मार्ने धम्की दिएको भनि पीडितले कात्तिक २२ गते टेलिफोन मार्फत प्रहरीलाई जानकारी दिएका छन् । जनताको घर/घरमा भोट माग्न घरदैलो अभियान गरिरहेको अवस्थामा डाँडागाउँ गाविस घर बताउने भलकाजी राईको समूहले आफूलाई जुनसुकै ठाउँमा भेट भए पनि मार्ने धम्की दिएको पीडितले बताएका छन् । कात्तिक १७ गते मात्तिम गाविस-४ स्थित विष्णु कटुवालको घरमा आएर 'छिमेकी उम्मेदवार खड्कालाई जुनसुकै ठाउँमा भेटे पनि मार्छौं, यो खबर भनिदिनु भनेर खबर छाडेको पीडितको भनाई छ ।' आफूलाई मार्ने धम्की दिने व्यक्तिहरूको बारेमा आफूलाई केही थाहा नभएको र राजनीतिक स्वार्थले आफूलाई धम्की दिएको हुनसक्ने उनले बताएका छन् । आफूलाई धम्की दिएको बारे प्रहरीलाई जानकारी गराईसकिएको र आफू गाउँमा भएकाले लिखित उजुरी दिन नसकेको उनले टेलिफोन मार्फत कात्तिक २२ गते इन्सेक प्रतिनिधिलाई बताए । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दुर्गाराज रेग्मीले उम्मेदवारलाई धम्की दिएको बारे मौखिक उजुरी आएको बताएका छन् । धम्की दिने व्यक्तिहरूको बारेमा अनुसन्धान भईरहेको र कारबाही गरिछाड्ने रेग्मीले बताए । डिएम चाम्लिङ राई

0 Comments