Incident Reports

यौन प्रस्ताव अस्वीकार गर्दा कुटपिट

2019-04-29

Madhes, Mahottari, Bhangaha, Ward 9

 महोत्तरीमा एक महिला यौन प्रस्ताव अस्वीकार गर्दा कुटिएकी छन् । जिल्लाको भंगहा नगरपालिका-९, कञ्चनवनमा दुई छोरीसहित माइतमा बस्दै आएकी २७ वर्षीया दलित महिलामाथि कुटपिट भएको हो । कुटपिट गर्ने सोही स्थानका २८ वर्षीय प्रदीप राउत रहेको पीडितले जनाएको छ । प्रदीपले ती महिलालाई फोनमा पटकपटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गरेकाले मकै चोरेको निहुँ बनाएर घरमै पुगरे कुटपिट गरेको पीडित महिलाले बताएकी छिन् ।घरमै कोल्डस्टोर र मदिराको बिक्री वितरण गर्दै आएका प्रदीपले मदिरा पिएर आफूलाई पटकपटक फोन गरी नागरिकता बनाइदिने, कोल्ड ड्कि खुवाउने लगायतका प्रलोभन दिएर अनैतिक सम्बन्ध राख्न दबाब दिएको' ती महिलाले बताइन् ।

पीडित महिलाले भनिन्, 'मैले पटकपटक उसलाई हप्काउँदै अस्वीकार गरे । फोन नगर्न आग्रह गर्दा उ घरमै आएर कुट्छ, कसैले केहि गर्न सक्दैन भन्दै गत वैशाख १६ गते साँझ खेतमा मकै चारेको निहुँ बनाएर घरमै आएर कुटपिट गरेको हो । मेरो टाउको फुटेको छ कुटपिटपछि ती महिलाले न्याय माग्दै प्रहरीमा उजुरी दिएकी छिन् । पीडित महिलाले दोषीलाई कारबाहीको लागि जिल्ला प्रहरी  कार्यालय महोत्तरीमा कुटपिटसम्बन्धी निवेदन दिएको बताइन् । ती महिलाले प्रहरीले दोषी पक्राउ गरी  कारबाही प्रक्रिया अघि बढाउनुको साटो आफूलाई मिल्न दबाब दिएको बताइन्।

‘प्रहरीचौकीमा जाँदा प्रहरीले तिमी दलित गरिब छौं, मुद्दा लड्न सक्दैनौं । ५-१० लाख रुपैयाँ खर्च लाग्छ भन्दै मिल्न भन्यो । के हामी दलित र कमजोरले न्याय नपाउने ?' यता, प्रदीपले आफूमाथि लागेको आरोप गलत भएको बताए । उनले ती महिलाले आफ्नो बारीबाट मकै र खुर्सानी चोरेको र सचेत गराएको भने स्वीकार गरेका छन्। यस्तै, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले कुटपीटसम्बन्धी निवेदन दिएको बताउँदै निवेदनमा अनैतिक सम्बन्ध राख्न दबाब दिएको कुरा नखुलाएकाले दुवै पक्षलाई छलफलको लागि बोलाएको तर महिला पक्ष उपस्थित नभएको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Mahottari

0 Comments