Incident Reports

नख्खु कारागारमा कैदीबीच हानाहान, एकको मृत्यु

2019-08-02

Bagmati, Lalitpur, Lalitpur

ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए।

कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका पवनकुमार महतोले ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार दुई जनाबीच जेलभित्रै झगडा भएको थियो र त्यसक्रममा महतोले राजीको टाउकोमा ढुंगा प्रहार गरेका थिए।

उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउन नपाउँदै उनको मृत्यु भएको सिंहले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Criminal
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports