Incident Reports

रामेछापको वडा कार्यालयमा विस्फोट

2019-08-03

Bagmati, Ramechhap, Khadadevi, Ward 3

जिल्लाको खाँडादेवी गाउँपालिका–३, को वडा कार्यालयमा खाना पकाउने प्रयोजनका लागि राखिएको ग्यास सिलिन्डर अज्ञात समूहले विस्फोट गराएका छन् ।

भिरपानीस्थित वडा कार्यालयभित्र राखिएको ग्यास सिलिन्डर शनिबार बिहान करिब २ः३० बजे विस्फोट गराइएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार, कार्यालयको छानाको जस्ता निकाली विस्फोट गराइएको छ । विस्फोटबाट कार्यालयमा राखिएका कम्प्युटर, दराज तथा कागजपत्र जलेका छन् । वडाध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटर तथा कागजातहरू भने सुरक्षित रहेको कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समूहले गराएको विस्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments