Incident Reports

भोजपुरमा ६ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

2019-07-31

Province 1, Bhojpur, Aamchowk, Ward 6

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा भोजपुरमा एक युवक पक्राउ परेका छन् । 

हतुवागढी गाउँपालिका– २ का एक युवकले आमचोक गाउँपालिका –६ की बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

बलात्कार गर्ने युवकको परिचय खुलाइएको छैन । गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर युवकले बालिकामाथि बलात्कार गरेका थिए । 

बालिकाले घटनाको बारेमा भोलिपल्ट मात्र आमालाई बताएकी थिइन् । त्यसपछि बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएका थिए ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ  । अरोपी युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Morang

0 Comments