Incident Reports

बालिका बलात्कारको घटना मिलापत्र

2019-07-27

Province 1, Sunsari, Duhabi

१३ वर्षीया बालिकालाई एक हप्ता अगाडि अपरणशैलीमा लगेर बलात्कार गरेको एउटा घटना गाउँमै मिलाएको पाइएको छ ।

पीडित बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहवीमा मौखिक उजुरी र गत साउन ११ गते बालिका हराएको निवेदन परेकोमा पीडित पक्षका अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

बलात्कार भएपनि प्रेम प्रसङ्गलाई जोडेर इलाका प्रहरी कार्यालय दुहवीको परिसरमा नै मिलापत्र गरेको स्थानीयहरूले बताएका छन् ।

पीडित बालिकालाई १७ वर्षीय बालकले साउन ११ गते फकाएर ‘बेपत्ता’ बनाई बलात्कार गरेको मौखिक जानकारीको आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

आरोपित र पीडित बालिकासँगै आएको र साउन १८ गते स्वास्थ्य परीक्षण समेत नगराई पीडित पक्षलाई आर्थिक प्रलोभन र दबाबमा पारी मिलापत्र गरिएको हो ।

 प्रहरीले अनुसन्धानका लागि पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा नगरेको र उजुरी दर्तासमेत नगरी मिलाइएको अधिकारकर्मीहरूको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बालिका हराएको र फेला परेकाले बुझाउने विषयमा छलफल भएको मात्रै आफू कहाँ जानकारी आएको बताए ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments