Incident Reports

सामुदायिक रेडियो तोडफोड घटनाका आरोपित गिरफ्तार

2019-08-03

Karnali, Kalikot, Palata, Ward 9

पालाता गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक रेडियो पलाता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

साउन १८ गते राति रेडियो पलाता एफएम तोडफोड गरेको आरोपमा पलाता गाउँपालिका–९ थिर्पुका जगदिश पुर्वेलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको हो ।

 रेडियो पलाता एफएमले गाउँपालिकाका समाचार प्राथमिकताका साथ बजाउने गरेको र अरुका समचार नबजाउने गरेको भन्दै पुर्वेले मदिरा सेवन गरी रेडियो भित्र प्रवेश गरी मिक्स्चर, माइक, टेबुल, कुर्सी र स्टेशनरी सामान तोडफोड गरेको स्टेशन म्यानेजर सुमन बमले बताए ।

 ‘मदिरा सेवन गरेर रेडियो तोडफोड भएको छ ।’–उनले भने–‘पुर्वेलाई आइतबार बिहान प्रहरी गिरफ्तार गरेको छ ।’

 रेडियो तोडफोड गरेको सूचना प्रहरी समक्ष आएपछि आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको प्रहरी चौकी थिर्पुका इञ्जार्ज असई कमला मल्लले बताइन् । ‘आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ ।’–उनले भनिन् ।

 रेडियो पलाता एफएम तोडफोड गर्नेलाई कारवाहीका साथै क्षतिपुर्तिको माग गर्दै पलाता गाउँपालिका अध्यक्ष लक्षमण बमले विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम र रेडियाका स्टेशन म्यानेजर सुमन बमले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports