Incident Reports

अज्ञात समूहले आगो लगाउँदा तीन घर जलेर नष्ट

2019-08-05

Karnali, Mugu, Khatyad, Ward 3

मुगु : खत्याड गाउँपालिका-३ जाम गाउँको बजार क्षेत्रमा आइतबार राति अज्ञात समूहले आगो लागाउँदा तीन घर पूर्णरुपले जलेर नष्ट भएका छन्। राति १२ बजेतिर खत्याड गाउँपालिका २ का वडाध्यक्ष लालबहादुर मल्लको घरमा अज्ञात समूहले आगो लागाउँदा मल्लको घरसँगै जोडिएका अन्य दुई घर पनि जलेर ध्वस्त भएका छन्।

वडाध्यक्ष मल्लको तीन तल्लाको घरको मुल ढोका बन्द गरेर झ्याल र ढोकामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाएको मल्लले जानकारी दिए। मल्लका अनुसार आफ्नो घरबाट सल्लेकेको आगोले सँगै जोडिएका सोही गाउँपालिका-१ का पदम बहादुर बुढा र सोही गाउँपालिका-२ का टक्कबहादुर मल्लका दुई तल्ला पनि जलेका छन्।

मल्लले आफ्नो घरको दुई तल्लामा होटल संचालन गरेका थिए भने तेस्रो तल्लामा सोही वडाको वडा कार्यालय रहेको थियो । पदमबहादुर बुढाले घरमा स्टेसनरी पसल संचालन गरेका थिए भने अर्का टक्क बहादुर मल्लले मोबाइल पसल राखेका थिए 

मल्लले दिएको जानकारी अनुसार अज्ञात समूहले लगाएको आगजनीबाट आफ्नो होटलको र घरको गरी २ करोड ५० लाख बराबरको क्षति भएको छ। त्यस्तै  वडा कार्यालयको ल्यापटपलगायत अन्य सामग्री गरी १० लाख बराबरको क्षति भएको उनले बताए।

घरमा सुतिरहेका मल्लका साला सेरबहादुर पुन आगो लाग्दै गर्दा तेस्रो तल्लाबाट हाम फालेर बाँच्न सफल भएका छन्। उनी घाइते अवस्थामा छन्। मल्लको घरसँगै जोडिएको टक्क बहादुर मल्लको २५ लाख र अर्का पदम बहादुर बुढाको ७ लाख बरारको क्षति भएको मल्लले जानकारी दिए।

 घरायसी कामले आफू र श्रीमती सुर्खेतमा रहेको र गाउँमा मोबाइलको नेटर्वक राम्रोसँग काम नगर्ने भएकाले अझ क्षतिको विवरण आउन नसकेको वडाध्यक्ष मल्ले बताए। 

आगो प्रहरी र स्थानीयको सक्रियतामा राति ३ बजे नियन्त्रणमा आएको थियो।क्षतिबारे अनुसन्धापछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहे‍को जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total damaged Buildings 3
Severely damaged Buildings 3
National/Online Media , Local Newspaper - Surkhet

0 Comments

Related Reports