Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-02

१५ र १७ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मदाने गाउँपालिका-७ का १९ वर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका-६ का २५ वर्षीय सुरज पन्थी र रेसुङ्गा नगरपालिका-४ का ३२ वर्षीय ओमबहादुर खत्रीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितहरूले साउन १७ गते सामूहिक बलात्कार गरेको भनी उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मीन घलेले बताए ।

पीडित बालिकाहरू साउन १६ गतेबाट परिवारको सम्पर्कमा नभएपछि आफन्तले छोरीहरूको खोजतलासको लागि प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा पीडित बालिकाहरूलाई साउन १७ गते तम्घासमा फेला पारेको एसपी दिपक बस्नेतले बताए । सोधपुछ गर्दै जाँदा घटनाको थप रहस्य बाहिर आएको एसपी बस्नेतले बताए ।

बालिकाद्वयले आफूहरूलाई दुई दिनसम्म सँगै राखेर बलात्कार गरेको र यसअघि पनि यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बताएका छन् । घटनाका बारेमा पीडित पक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

एसपी बस्नेतले बालिकाहरू २० वर्षभन्दा कम उमेरका भएकाले आपसी समझदारीमा यौन सम्बन्ध भएपनि बलात्कार नै ठहर हुने भएकाले कानुन अनुसार कारवाही हुने बताए । बालिकाद्वयको स्वास्थ्य परीक्षण साउन १८ गते गुल्मी अस्पतालमा गरिएको प्रहरीले जनायो ।


टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments