Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-08-04

Sudurpashchim, Achham, Turmakhad, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य तुर्माखाँद गाउँपालिका-६ बङ्गुरखाल निवासी ३८ वर्षीय जनक न्यौपानेलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।

घरबाटै गिरफ्तारीमा परेका न्यौपानेलाई साउन १९ गते जिल्ला प्रशासन कार्यालय अछामबाट सार्वजनिक मुद्दा अन्तर्गत अनुसन्धान गर्ने गरी सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी जनकबहादुर शाहीले बताए ।

अछाम जिल्लामा प्रतिबन्धित नेकपाद्वारा सदरमुकामस्थित मङ्गलसेनको कार्यालय आगाडि राखेको गाडी, दुई ओटा वडा कार्यालयमा आगजनी, वडा कार्यालयमा तालाबन्दी, तीन ओटा एनसेल टावरमा आगजनी र बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments