Incident Reports

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-08-04

Karnali, Kalikot, Khandachakra, Ward 2

खाँडाचक्र नपा-२ मान्मकी २७ वर्षीया जमना दमाईलाई ३० वर्षीय पति चरित्र दमाईले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा साउन २० गते पतिविरूद्ध उजुरी दिएकी छिन् ।

आरोपित दमाइले साउन १९ गते राति मदिरा सेवन गरी फलामको रड प्रहार गर्दा पीडितको आँखा नजिकै गम्भीर चोट लागेको छ ।

पतिको कुटपिटबाट घाइते भएकी जमनाको उपचार जिल्ला अस्पताल, कालिकोटमा भएको छ ।

पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया तत्कालै अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।

पीडित जमुनालाई आरोपित पतिले दैनिक धम्क्याउने, कुटपिट गर्ने, मादक पदार्थ सेवन गरी परपुरुषसँग यौन सम्बन्ध राखेको आरोप लगाउने गरेको पीडित महिलाले उजुरी दिने क्रममा बताएकी छिन् ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments