Incident Reports

UML Cadres Show Back Flag to RPP Leaders

2013-11-08

Province 1, Dhankuta, Dhankuta

Dhankuta, RPP ko chunabi sabhama kalo jhanda pradarshan. Dhankuta/November 8 The UML cadres have shown black flag to Rastriya Prajatantra Party leaders in a meeting held at Tanka Higher Secondary School of Bhirgaun VDC-3 on November 8. The program was held in the school premises in the presence of RPP's central member and candidate of constituency no-2 Sunil Bahadur Thapa. UML chairperson of Bhirgaun VDC Chandralal Tamang said that the UML cadres had shown the black flag as per their plan. Santosh Ruchal धनकुटा । ०७० कात्तिक २२ गते, भीरगाउँ गाविस-३ मा रहेको टंक उच्चमाविमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभा भईरहेको बेला कात्तिक २२ गते युथफोर्सका कार्यकर्ताले कालो झण्डा देखाएर विरोध गरेको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै एमाले निकट युथफोर्सका कार्यकर्ताले राप्रपाको शान्तिपुर्ण चुनावी सभामा कालो झण्डा प्रदशन गरेको हो । चुनावी सभामा राप्रपाका केन्द्रिय सदस्य एवम् क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार सुनिलबहादुर थापाको समेत उपस्थिति रहेको थियो । राप्रपाको भीरगाउँमा हुने चुनावी सभालाई विथोल्ने पार्टीको योजना बमोजिम कालो झण्डा प्रदर्शन गरिएको नेकपा एमाले भीरगाउँका अध्यक्ष चन्द्रलाल तामाङले बताए । राप्रपाका प्रवक्ता एवम् नगर अध्यक्ष यज्ञबहादुर कार्कीले युथफोर्सका कार्यकर्ताले कालो झण्डा देखाएको स्वीकार गर्दै लोकतन्त्रमा एक पार्टीले अर्को पार्टीको विरोध गर्न पाउने अधिकार भएकोले यसलाई पार्टीले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis