Incident Reports

छिमेकीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

2019-08-06

Lumbini, Arghakhanchi, Sitganga, Ward 1

अर्घाखाँची, २१ साउन

सितगंगा नगरपालिका-१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिजको नाच हेर्ने क्रममा विवाद हुँदा ऋषिराम र सोही ठाउँ बस्ने २८ वर्षीय हुम बहादुर राजकोटीले यादवलाई रडले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले ऋषिरामलाई पक्राउ गरेको हो । कुटपिटमा संलग्न अन्य व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घाइते यादवलाई प्राथमिक स्वास्थ्य चौकी ठाडामा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports