Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-02

Madhes, Saptari, Rupani, Ward 4

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले रुपनी गाउँपालिका-४ का १९ वर्षीय सियाराम राम र २० वर्षीय प्रदिप भनिने आनन्द रामलाई साउन २० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई साउन १७ गते सियारामले बलात्कार गरेको र आनन्दले घर बाहिर पहरा दिएको भन्दै पीडितले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

आरोपितहरूलाई गिरफ्तार गरी साउन २० गते जबरजस्ती करणीको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण हालसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीकी इन्स्पेक्टर रीता पौडेलले बताइन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Saptari

0 Comments