Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-03

Madhes, Saptari, Agnisair Krishna Savaran

१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितमध्ये १७ वर्षीय एक बालक साउन २० गते गिरफ्तार भएका छन् ।

पीडित बालिका गाईबस्तु चराउन जङ्गल गएका बेला चार जनाले असार १८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २४ गते दिएको उजुरी असार २५ गते दर्ता भएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २५ गते गरिएको छ ।

आरोपितहरूले आफूलाई बलात्कार गरेको भनी पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् । आरोपितले भने आरोप झुठो भएको भन्दै घटना अस्वीकार गरेका छन् ।

घटनालाई गाउँमै मिलाउने भन्दै दबाब आएपछि पीडित पक्षले प्रहरीसमक्ष उजुरी गर्न ढिला गरेकाले आरोपितलाई गिरफ्तार गर्न केही समय लागेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए । अन्य आरोपितको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments