Incident Reports

निर्वाचन कार्यक्रम अवरुद्ध गर्न राजमार्गमा रुख र बम l

2013-11-08

Bipeen Gautam रौतहट । ०७० कात्तिक २२ गते, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन कार्यक्रमलाई अवरोध गर्न अज्ञात समूहले कात्तिक २२ गते बिहान पूर्व पश्चिम राजमार्ग अर्न्तगत रौतहटको लमाहा जङ्गलमा रुख ढालेर राजमार्ग अवरुद्ध बनाएको थियो । रुख ढालेर अवरुद्ध बनाइएको स्थानमा बम समेत राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । एमाओवादीका अध्यक्ष दाहाल सहितको टोली सर्लाहीबाट रौतहटको निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्न आउने कार्यक्रम रहेकाले सो कार्यक्रमलाई अवरोध पुर्‍याउन राजमार्ग अवरुद्ध बनाएको आशंका प्रहरीले गरेको छ । रुख ढालिएको ठाउँमा राखिएको बमलाई नेपाली सेनाको टोलिले निष्कृय बनाएर अवरोध हटाएपछि राजमार्ग सुचारु भएको थियो । अमरदल गुल्म रौतहटका सेनानी सरोज अधिकारीले निष्कृय बनाएको बम सामान्य खालको सानो विष्फोटक पदार्थ भएको बताए । सो अवरोध नेकपा-माओवादीले राखेको आशंका भए पनि त्यसको पुष्टि भने नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी प्रकाश रानाभाटले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis