Incident Reports

छोराछोरीसहित नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु

2019-08-08

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 7

नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको छ ।

आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेको  जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालीम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media

0 Comments

Related Reports