Incident Reports

ऐतिहासिकस्थल काँक्रेबिहार क्षेत्रमा तोडफोड।

2019-08-05

Karnali, Surkhet, Birendranagar, Ward 9

साउन २२ सुर्खेत,सुर्खेतको बीरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको काँक्रेविहार क्षेत्रमा अज्ञात समुहले तोडफोड गरेको छन।

पुरातात्विक तथा ऐतिहासिक स्थल काँक्रेविहार पुनर्निर्माणको अन्तिम चरणमा पुगिरहेको बेला त्यहाँका गेटको गजुर र काउन्टर तोडफोड भएको हो।

तीन दिनदेखि अज्ञात समूहले गेट भत्काउने , गजुर र काउन्टर तोडफोड गर्ने गरेको जनार्इएको छ।

तिनदिनदेखी लगातार काँक्रेविहार भग्नावशेषको संरक्षणका लागि लगाइएको तारवार र त्यहाँ बनाइएको गेट तथा टिकट काउन्टर तोडफोड गरिएको छ।

दिउँसो मात्रै रेखदेख हुने तर राती नहुने भएकोले अज्ञात व्यक्तिहरुको समूहले तोडफोड गरेको हुनसक्ने हेरालु सीता कार्कीले बताउनुभयो।

काउन्टरको झ्यालका सिसाहरु, हात धुने बेसिनहरु तोडफोड भएको छ।

मन्दिरको टुप्पामा राखिएको थैला पनि च्यातचुत पारिएको छभने पश्चिमतर्फको गेटको गजुर भाच्चिएको छ।

यस्तै गेट र काउन्टर तोडफोड भएपछि वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को वडा कार्यालयले सुरक्षा बढाउने तयारी गरेको छ।

वडाअध्यक्ष सुरेश मानन्धरले तोडफोड गर्ने समूहलाई खोजी गर्न प्रहरीलाई आग्रह गरिएको बताउनुभयो।

उहाँले आजदेखि नै काँक्रेविहारको सुरक्षाका लागि थप हेरालुको व्यवस्था गरिने बताउनुभयो।

यता काँक्रेविहारको गेट तथा गजुर तोडफोड भएको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफुहरुलार्इ कुनै जानकारी नभएको बताएको छ।

प्रहरी प्रमुख एसपी बसन्त रजौरेले काँक्रेविहार तोडफोड भएकोवारे कुनै जानकारी नआएको भन्दै सुरक्षाको माग गरेको खण्डमा त्यस क्षेत्रमा प्रहरी विट राख्न सकिने बताउनुभयो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Buddhist
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Surkhet , Local Newspaper - Banke

0 Comments

Related Reports