Incident Reports

चिर्पटले हानेर बाबुको हत्या

2019-08-09

Province 1, Jhapa, Kamal, Ward 1

झापाको कमल गाउँपालिकामा शुक्रबार बिहान छोराले बाबुको हत्या गरेका छन् । कमल गाउँपालिका–१ का ७० वर्षीय बाबु सूर्यबहादुर थापालाई उनकै ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेका हुन् ।

बाबु–छोराबीच घरायसी विवाद हुँदा प्रकाशले वृद्ध बाबुलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट बाबुको घटनास्थल मै मृत्यु भएपछि स्थानीयबासीले प्रहरी चौकी तोपगाछीमा जानकारी गराएका थिए ।

प्रहरी टोलीले चिर्पट प्रहार गर्ने छोरा प्रकाशलाई नियन्त्रणमा लिइसकेको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments