Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-26

Bagmati, Chitawan, Bharatpur

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला वर्दघाट नपा–३ घर भई हाल भरतपुर महानगरपालिका बस्ने ५० वर्षीय दुर्गा केसीलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडित बलिकालाई आरोपितले ०७५ पुसदेखि पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनायो ।


दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments