Incident Reports

मार्ने धम्की आएको भन्दै वडाध्यक्षद्वारा प्रहरीमा उजुरी

2019-08-07

Province 1, Jhapa, Arjundhara, Ward 9

अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईलाई साउन २२ गते साँझ धारिलो हतियार प्रहार गरी मार्ने भनी मोबाइल फोनबाट धम्की आएपछि सुरक्षा माग गर्दै साउन २३ गते प्रहरीमा उजुरी दिएका छन् ।

४५ वर्षीय प्रसाईलाई मोवाइल नम्बर ९८५१००२९८६ बाट मार्ने धम्की आएको भन्दै इलाका प्रहरी कार्यालय अनारमुनीमा सुरक्षा माग गर्दै उजुरी दिएका हुन् ।

उजुरीपछि सो कार्यालयका इन्स्पेक्टर सुनिलकुमार श्रेष्ठले सुक्ष्म अनुसन्धान थालेको बताए । वडाध्यक्ष प्रसाईले कोही कसैसँग मनमुटाव नभएको र एक्कासी धम्की आएपछि सुरक्षाको माग गरेको बताए ।


नरेश खाती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments