Incident Reports

चुनावी सभामा बम विस्फोट, बालक सहित दुई जनाको अवस्था गम्भीर l

2013-11-09

Province 1, Taplejung, Mikwakhola

३० बजे अज्ञात समूहले प्रहार गरेको बम विस्फोट हुँदा छ जना घाइते भएका छन् । विस्फोटमा परि खोक्लिङका १२ वर्षीया उलाङ्गे राई र ४५ वर्षीय मानबहादुर विक गम्भीर घाइते भएको स्थानियवासी तथा प्रत्यक्षदर्शी तारा साँवाले बताए । यसैगरी, ३५ वर्षीया निर्मला अधिकारी, ७० वर्षीया तुलसा थापा, ३४ वर्षीया रेनुका अधिकारी र ३६ वर्षीय योग्य विक रहेको साँवाले बताए । यसैबीच, गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रत्यक्षदर्शी मोहनचन्द्र साँवाले जानकारी दिए । खोक्लिङ उपस्वास्थ्य चौकीमा उपचार भइरहेको साँवाले बताए । अज्ञात समूहले दुई ओटा बम प्रहार गरे पनि एउटा मात्र पट्केको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दप्रसाद आचार्यले बताए । घटनामा संलग्नको खोजी जारी रहेको आचार्यले बताए । उक्त क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रण लिएको जनाएको छ । बम विस्फोटनपछि पनि चुनावी सभा सुरु भएको छ । चुनावी सभा खोक्लिङस्थित मोती उच्च माविको मैदानमा जारी छ । चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका उम्मेदवार डम्वरध्वज तुम्वाहाम्फे, जिल्ला कमिटी उपाध्यक्ष राम सुवेदी, पूर्व सभासद ओमप्रकाश ओझा कार्यक्रम स्थलमा पुगेका थिए । घटनास्थल सदरमुकामदेखि पाँच घन्टाको दुरीमा पर्छ । देवराज गुरुङ

0 Comments

Related Reports