Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-08

Lumbini, Palpa, Purbakhola, Ward 6

७५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका–६, हेक्लाङका ५० वर्षीय देउबहादुर झेडीलाई साउन २४ गते गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार साउन २३ गते साँझको समयमा ७५ वर्षकी बृद्धासँगै आरोपित र अन्य मानिसहरू सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

सोही क्रममा पीडित महिलालाई आरोपितले बलात्कार गरेपछि छिमेकी र बालबालिकाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । साउन २४ गते नै प्रहरीमा पीडित परिवारले उजुरी समेत दर्ता गराएका छन् ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज सापकोटाले बताए । पीडित बृद्धाको स्वास्थ्य परीक्षण साउन २४ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments