Incident Reports

उम्मेदवारको गाडीमा अवरोध गर्दै ढुङ्गा हान्यो l

2013-11-08

Province 1, Sankhuwasabha, Panchakhapan

२ बाट एमालेका प्रत्यक्ष उम्मेदवार राजेन्द्रप्रसाद गौतम चडेको गाडीलाई जलजला र सिद्धपोखरी गाविसको हेवाखोला नजिकै कात्तिक २२ गते राती अज्ञात समूहले सडकमा ढुङ्गाको पर्खाल लगाएर अवरोध पुर्‍याएका छन् । गौतम चडेको गाडीलाई अवरोध पुर्‍याई माथिबाट ढुङ्गामुढा गरेको गाडीमा रहेका एमालेका नेता तुलसीप्रसाद न्यौपानेले बताए । गाडी जलजला गाविस-५ चुङखुरुङमा कार्यक्रम सम्पन्न गरी चैनपुर फर्कदै गरेको थियो । गाडीमा सामान्य क्षति पुगेको छ भने मानवीय क्षति पुगेको छैन । चुनावी अभियान तिव्र बनाएको अवस्थामा निर्वाचन विरोधी पार्टीले जिल्लाका बिभिन्न स्थानमा अवरोध पुर्‍याउदै आएका छन् । छेटु शेर्पा

0 Comments

Related Reports