Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-08-11

Province 1, Jhapa, Haldibari, Ward 5

झापा, २५  साउन   

 हल्दीवारी गाउँपालिका-५ स्थित शान्ति सामुदायिक बनबाट सोही ठाउँ बस्ने ६० बर्षीय ताराहाङ राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments