Incident Reports

वृद्ध दम्पतीको हत्या

2019-08-12

Gandaki, Baglung, Dhorpatan, Ward 8

ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ। गएराति आफ्नै घरमा रहेका ६८ बर्से भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमाको धारिलो हतियारले हत्या गरिएको शव फेला परेको छ। 

आइतबार बिहान भानबहादुरको शव घरनजिकै मकैबारीमा र विमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा फेला परेको प्रहरी चौकी बोबाङका इन्चार्ज शिवराज सुवेदीले बताए। 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले सूचना पाउनासाथ प्रहरी दिउँसो १२ बजे घटनास्थल पुगेको बताए। उनले घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरेको र दुवै जनाको टाउकोमा गम्भीर चोट देखिएको जानकारी दिए। मृतकका छोराबुहारी ढोरपाटनमा बस्दै आएको स्थानीयले बताएका छन्।  

Update......

ढोरपाटन नपा–८ बोबाङमा साउन २५ गते राति मृत फेला परेका ६४ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमा कामीको हत्या गरेको आरोपमा प्रहरीले भानबहादुरका ६१ वर्षीय भाइ मसाने कामीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

दाजु भाउजूको हत्या गरेको आशङ्कामा अनुसन्धानको लागि साउन ३० गते प्रहरीले नियन्त्रणमा लिँदा आरोपित कामीले मसानेले घरायासी विवादको क्रममा आवेगमा आएर दाजु भानबहादुरलाई बञ्चरो र भाउजु विमालाई हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।

घटनापछि छिमेकीले २६ गते बिहानै भानबहादुरको शव घर नजिकैको मकैबारीमा र पत्नी विमाको शव घर भित्रै रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पोष्टमार्टम साउन २६ गते बुर्तिवाङ स्वास्थ्य चौकीमा गरि सोही दिन प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Kaski

0 Comments

Related Reports