Incident Reports

बन्दुक प्रहार घटनका आरोपित गिरफ्तार

2019-08-10

Bagmati, Dolakha, Bigu, Ward 2

बिगु गाउँपालिका-२ ओराङकी ३५ वर्षीया चमेली तमाङलाई भरूवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सोमबहादुर तमाङलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २५ गते साँझ बन्दुक प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षले आरोपित विरूद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनायो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गाउँबाटै साउन २६ गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बोहराले बताए ।

आरोपितले प्रहार गरेको बन्दुकको छर्रा दाहिने पाखुरामा लागि घाइते भएकी पीडित महिलालाई उपचारको लागि साउन २६ गते चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र पीडितको उपचार भइहेको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments