Incident Reports

स्थानीय तहमा प्रतिबन्धित नेकपाबाट चन्दा माग गर्दै पत्रचार

2019-08-12

Lumbini, Pyuthan, Mandavi

स्थानीय तहमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाबाट चन्दा सहयोगका लागि पत्राचार भएपछि स्थानीय जनप्रतिनिधि तथा कर्मचारी त्रसित भएका छन् ।

स्वर्गद्वारी नपा, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आर्थिक सहयोग गर्न भन्दै पत्रचार गरेको भएपनि प्रहरीमा खबर नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए ।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले केही दिनअघि पत्र आएको भएपनि प्रहरीलाई खबर नगरेको बताए ।

त्यसैगरी स्थानीय उद्योगी व्यापारीसँग समेत सो पार्टीले चन्दा माग गरेको स्थानीय व्यवसायीले जानकारी दिएका छन् ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) Private company
Actor 2 - Youth unknown
INSEC

0 Comments