Incident Reports

युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा पक्राउ

2019-08-11

Karnali, Rukum West, Aathbiskot, Ward 4

रुकुम पश्चिम — युवतीलाई जबरजस्ती विष खुवाएको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक सहायक विष्णु खड्कालाई नियन्त्रणमा लिएको छ । आठबीसकोट–४ कि २४ वर्षीय एक युवतीलाई खड्काले जबरजस्ती विष खुवाएको प्रहरीले जनाएको छ ।  मौखिक उजुरीका आधारमा खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए । आइतबार विष खुवाइएपछि सिकिस्त भएकी युवतीलाई आठबीसकोट नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याइएको थियो । युवतीको होस खुलेपछि आफूलाई खड्काले जबरजस्ती विष खुवाएको आरोप लगाएकी छन् । सोही आधारमा खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक कवि रोकायले बताए । आरोपित खड्कालाई नियन्त्रणमा लिइएको र पीडित आएपछि घटनाको विषयमा थप अनुसनधान हुने प्रहरी निरीक्षक रोकायले बताए । आठबीसकोट नगरपालिका ४, ५ र ६ नम्बर वडा कार्यक्षेत्र रहेका खड्का करार सेवामा नियुक्त भएका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments