Incident Reports

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-08-04

Province 1, Sunsari, Duhabi, Ward 11

दुहवी नगरपालिका-११ की २८ वर्षीया बुधनी मण्डललाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीया सासू पानोदेवी मण्डल र २६ वर्षीया सौता मञ्जु चौधरीलाई साउन २८ गते गिरफ्तार गरेको छ ।

३२ वर्षीय दिलिप मण्डलसँग विवाह गरेकी बुधनीलाई चार वर्षअघि घरपरिवारले निकाला गरेका थिए । घरबाट निकालामा परेपछि बनीबुतो गरेर जीवन चलाउँदै आएकी बुधनी साउन १९ गते पेट पाल्न समस्या भएको र सो समस्या समाधानका लागि पतिलाई आग्रह गर्न जाँदा पतिको निर्देशनमा सासू र सौताबाट निर्घात पिटिएकी थिइन् ।कुटपिटबाट नाडी, पाखुरा र शरीरका विभिन्न ठाँउमा चोट लागेकी पीडितको हाल विराट मेडिकल कलेज उपचार भइरहेको अधिकारकर्मी सुनिता गच्छदारले बताइन् ।

आरोपितद्वयलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखी अनुसन्धान थालिएको र पतिबाट पीडितको उपचार खर्च व्यहोर्न लगाइएको डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । अधिकारकर्मी मेनुका खतिवडाले बुधनीदेवी वर्षौँदेखि पीडित हुँदै आएको र घटना प्रहरीमा पुगेपछि परिवारले मिलापत्र गर्दै लैजाने र फेरि कुटपिट गर्ने गरेको कारण मुद्दाको किनार लगाउन नसकेको बताइन् ।प्रहरीले मुद्दा दर्ता गरी कारवाही अघि बढाएकाले अब मिलापत्र भन्दा पनि मुद्दा अदालती प्रक्रियामा जाने भएकाले पीडितले न्याय पाउने डिएसपी फुयाँलको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments