Incident Reports

वडा अध्यक्षलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

2019-08-15

Gandaki, Myagdi, Beni, Ward 2

बेनी नपा–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्नुका साथै चप्पलको माला लगाइदिएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

साउन ३० गते दिउँसो वडा कार्यालयमा काम गरेर बसिरहेको अवस्थामा थापालाई मोसो दलिएको खबर आएपछि घटनामा संलग्नहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले वडा अध्यक्ष थापालाई कार्यकक्षमै पुगेर दुर्व्यवहार गरी भागेको डिएसपी मरासिनीको भनाई छ ।

थापालाई मोसो दल्नुका साथै आठ ओटा बुँदा लेखिएको यो–यो कारणले गर्दा जनकारवाही स्वरूप थापालाई मोसो दलिएको भनेर उल्लेखित पर्चा समेत घटनास्थलमा छोडेको पाइएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापामाथि वडाको बजेट बाँडफाँडमा मनोमानी गरेको, कार्यालयमा आर्थिक अनियमितता गरेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

पटकपटक सुझाव दिँदा पनि नमानेपछि चेतावनी स्वरूप कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइएको प्रतिबन्धित नेकपाले पर्चामार्फत् जनाएको छ ।


अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments