Incident Reports

संघीय समाजवादी पार्टीद्वारा आचारसंहिताको उल्लङ्घन l

2013-11-10

Province 1, Khotang, Rupakot Majhuwagadhi

क्षेत्रका उम्मेदवार सनबहादुर राई तथा समानुपातिक उम्मेदवारहरू शरणकुमार राई, बिमला पुरी, अम्वीका राई, नैनबहादुर कटुवाल, जीतकुमारी परियार, समिता राई र गणेश राईको तस्बिर सहित चुनाव चिन्ह अङ्कित फ्लेक्स वोर्डको प्रयोग गरेका हुन् । फ्लेक्स वोर्डमा उक्त पार्टीको गोलाकार घेराभीत्रको छाता चिन्हमा भोट हालौ भन्ने नारा सहितको फ्लेक्स वोर्ड प्रयोग गरेर आचारसंहिताको उलंघन गरेका हुन् । संघीय समाजवादी पार्टीका जिल्ला सदस्य युगसन राईले अन्य पार्टीको तुलनामा आफ्नो पार्टीले कमैमात्र आचारसंहिताको उलंघन गरेको र यो प्रकारको फ्लेक्सवोर्ड आफ्नो कार्यालय छेउमा राखिएकाले आचारसंहिताको उल्लङ्घन नगरेको बताए । जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन संयोजक यदुविक्रम थापाले संघीय समाजवादी पार्टीले वोर्ड राखेको बारे आफूलाई कुनै जानकारी नआएको बताए । यदि त्यस्तो भएमा हामी तत्कालै उक्त दललाई सचेत गराउँछौँ उनले प्रतिक्रिया दिए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis