Incident Reports

कथित बोक्सीको आरोपमा एक महिलामाथि अभद्र व्यवहार

2019-08-18

Madhes, Mahottari, Bhangaha, Ward 4

महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्नुको साथ मानव मलमूत्र खुवाइ यातना दिइएको छ ।

भङ्गहा नगरपालिका–४ की ३८ वर्र्षीया चन्दनदेवी दनुवारलाई स्थानीय चार जना महिलाहरूले कथित बोक्सी भन्दै कुटपिट गरी अभक्ष कोच्याएका छन् ।

साउन ३२ गते खेतबाट घाँस लिएर घर फर्कँदै गरेकी पीडित महिलालाई बाटोमै घेरेर स्थानीय ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया ईन्दुकुमारी सिंह, ४५ वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवी लगायतले कुटपिट गरि मलमूत्र खुवाएको पीडित परिवारले आरोप लगाएको छ ।

मलमूत्र खुवाउनेमध्ये ३० वर्र्षीया ईन्दुकुमारी सिंह र ५० वर्र्षीया सुकेश्वरी देवीलाई साँझ नै प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुवैजनामाथि कारवाही प्रक्रिया अघि बढाइएको र फरारहरूको खोजी कार्य जारी रहेको छ ।

घटना लगतै प्रहरी टोली घटनास्थल पुगेर ती महिलाको उद्धार गरेको थियो । पीडित महिलाको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।

यसअघि पनि अभक्ष कोच्याउने महिलाहरूले ‘बोक्सी’ भन्दै गालीबेइज्जती गर्दै आएको पीडित पक्षले आरोप लगाएको छ ।

आरोपितलाई कारवाहीका लागि पीडित परिवारले भदौ १ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएको छ ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव बुढाथोकीको अनुसार गिरफ्तार गरिएका दुई आरोपी महिला माथि बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ । अन्य दुईको खोजतलास भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Mahottari , Local Newspaper - Bara

0 Comments

Related Reports