Incident Reports

वडाध्यक्षसहितको समूहबाट कुटपिट हुँदा एक जना घाइते

2019-08-16

Province 1, Khotang, Kepilasagadhi, Ward 5

वडाध्यक्षसहितको समूहले कुटपिट गर्दा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राई घाइते भएका छन् ।

साउन ३१ गते दिउँसो भएको आपसी विवादपछि सोही राति कुटपिट हुँदा राई घाइते भएका हुन् । अचेत बनेका घाइतेको स्थानीय स्वास्थ्य संस्थामा समेत होस नखुलेपछि भदौ १ गते हेलिकोप्टरमार्फत केएमसी अस्पताल काठमाडौँ लगिएको छ ।

१ लाख ८० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पठाइएको घाइतेका दाजु इश्वर राईले बताए ।

अचेत अवस्थामै काठमाडौँ पुर्‍याइएका महेशको टाउको तथा गालामा चोट लाग्नुका साथै शरीरको विभिन्न अङ्गमा निलडाम देखिएको छ ।

 कुटपिटमा संलग्न रहेको आरोपमा सोही वडाका वडाध्यक्ष ४० वर्षीय खगेन्द्र राई सहित अन्य चार जना र घाइतेका आफन्तलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको डिएसपी वामदेव गौतमले बताए ।

घाइते महेश र वडाध्यक्ष खगेन्द्रबीच वडा कार्यालय भवन निर्माणमा उपभोक्ता समिति गठन गर्ने विषयलाई लिएर विवाद भएको जनाइएको छ । दिउँसोको विवादपछि बेलुकी पीडितको घरैमा गएर निर्घात कुटपिट गरेको आफन्तले बताए ।


रामधन राई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports