Incident Reports

प्रतिबन्धित नेकपाद्वारा ६ रोपनी जग्गा कब्जा

2019-08-17

Karnali, Salyan, Chhatreshwori, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले छत्रेश्वरी गाउँपालिका–६ लान्तीमा रहेको जग्गा कब्जा गरेको भन्दै झण्डा र ब्यानर गाडेको छ ।

खैराबाङ मन्दिरको नाममा रहेको ६ रोपनी जग्गालाई नेकपाको जिल्ला जनपरिषद् सल्यानले साउन ३२ गते राति आफ्नो नियन्त्रणमा लिएको भनी झण्डा र ब्यानर गाडेको हो ।

तर, ब्यानर गाडिएको जग्गा मन्दिरकै नाममा छ अथवा व्यक्तिको नाममा भन्ने बारे अझै खुलेको छैन । सो जग्गा स्थानीय दुर्गाबहादुर बुढाथोकीले भोग चलन गर्दै आएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार ब्यानर राखिएको जग्गा र खैराबाङ मन्दिरको नाममा रहेको जग्गा जोडिएको हुनाले जग्गा मन्दिरकै हो भन्न सक्ने अवस्था छैन ।

सो स्थानमा जनपरिषद्ले राखेको कालो ब्यानरमा–‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जनयुद्वको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियान्त्रणमा लिएको जानकारी गराउदछौँ ।’–लेखिएको छ ।

जनयुद्वकालमा तत्कालिन माओवादीले सल्यानमा कब्जा गरेका घरजग्गालाई विप्लव नेकपाले पुनः कब्जा गर्ने नेकपा सल्यानका सेक्रेटरी लोकपाल केसीले बताए ।

आफूले कब्जा गरेको जग्गालाई के गर्ने भन्नेबारे पार्टीको केन्द्रीय कमिटीको निर्णयपछि मात्रै भन्न सकिने उनको भनाई छ ।

घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय लुहामबाट एक टोली घटनास्थलमा पुगेको र मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

ब्यानर राखिएको जग्गा कसको नाममा छ त्यो लालपुर्जा हेरेपपिछ मात्र थाहा हुने र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।


मीना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC

0 Comments