Incident Reports

प्रतिबन्धित पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार

2019-08-19

Province 1, Jhapa, Damak, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई दमक नगरपालिका-६ स्थित एक होटलबाट भदौ १ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

सो पार्टीका पाँचथर इन्चार्ज र मेची ब्यूरो सदस्य आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका २९ वर्षीय राजु दास र ताप्लेजुङ इन्चार्ज ताप्लेजुङकै सिदिङमा गाउँपालिका-४ साब्लाखुका ३४ वर्षीय सक्कल भन्ने सागर लिम्बूलाई गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

मेची ब्यूरो सदस्य तथा जिल्ला सेक्रेटरी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका ५६ वर्षीय नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका ३८ वर्षीय यम योगेश लिम्बु गिरफ्तारमा परेका हुन् ।

यसैगरी जनमुक्ति मोर्चाको केन्द्रिय सदस्य र अखिल क्रान्तिकारी मेची र कोशी संयोजक आठराई त्रिवेणी गाउँपालिका-५ चाँगेका २४ वर्षीय सन्देश भन्ने गणेश कार्की डोली गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Morang , Local Newspaper - Jhapa , National/Online Media

0 Comments